बिना, शैलेस, अनु, अनील र विराटलाई रुपक स्मृती पुरस्कार

rupak smriti awarde
२०७२ को रुपक स्मृती पुरस्कार फुटबल राष्ट्रिय टोलीका पूर्व कप्तान अनील गुरुङ्ग, महिला फुटबल टोलीकी कप्तान अनु लामा, फीफा साहयक रेफ्रि बिना श्रेष्ठ, पूर्व फीफा साहयक रेफ्रि शैलेस जोशी र प्रशिक्षक बिराटकृष्ण श्रेष्ठलाई प्रदान गरियो । सबैले यमाहा मोटरसाइकल र एक लाख रुपैया पुरस्कार पाए । अखिल नेपाल फुटबल संघ, सातदोबाटोमा आयोजित कार्यक्रममा प्रमुख अतिथी उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले पुरस्कार प्रदान गरे ।
दिवंगत नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा फीफा रेफ्रि रुपक राज शर्माको नाममा बि.स २०५३ देखि यो पुरस्करा प्रदान गर्न थालीएको हो । अवार्ड पाउने बिना एथलेटिक्समा राष्ट्रिय च्याम्पियनको रुपमा छबी बनाएकी खेलाडी हुन् । उनले आठौ दक्षिण एसियाली खेलकुदमा दुइ पदक जितेकी थिइन् । फुटबलमा पनि उनले अनेकौ सफलता पाएकी थिइन् ।
रेफ्रि जिवनको सुरुवात पछि उनले अनेकौ महत्वपूर्ण घरेलु खेलका साथै उनले श्रीलंकामा भएको दाश्रो महिला साफ च्याम्पियनसीप र १२ औ दक्षिण एसियाली खेलकुदमा असिस्टेन्ट रेफ्रिको भुमिका निर्बाह गरेकी थिइन् । शैलेस सन् २००१ देखि २०१२ सम्म फीफा असिस्टेन्ट रेफ्रि थिए ।
नौ अन्तराष्ट्रिय गोल गरेका अनील गुरुङ्ग विगत १० बर्ष देखि नेपालको प्रतिनिधीत्व गर्दै अनेकौ प्रतियोगितामा सहभागिता जनाउन सफल भएका थिए । यसैगरी अनुले ३५ अन्तराष्ट्रि गोल गरिसकेकी छिन् । थुप्रै महत्वपूर्ण सफलता पाएका बिराट सन् ू००८ मा नेपालले एएफसी च्यालेन्ज कपमा सहभागिात जनाउदा राष्ट्रिय टोलीका प्रशिक्षक थिए ।

Comment