सिनियर तथा जुनियर राष्ट्रिय आईटिएफ तेक्वान्दो शुरु

itf chamiosnhipe
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ(आईटिएफ) नुवाकोटको आयोजनामा भएको १५औं सिनियर तथा ९औं जुनियर राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगिताको शुक्रबार देखि शुरु भएको छ । नुवाकोटको वट्टार स्थित कभर्डहलमा शुक्रबार जुनियरतर्फ भएको २५ देखि ३० केजी तौल समुहमा आयोजकका डेनि लामाले स्वर्ण,केन्द्रका अनिल परियारले रजत,पश्चिमाञ्चलका विवश कार्की कास्य,३१देखि ३५ केजी तौल समुहमा केन्द्रका समिर बस्नेतले स्वर्ण,पुर्वाञ्चलका उपेन्द्र राउतले रजत र आयोजकका ज्ञान बहादुर तामाङ तथा पश्चिमाञ्चलका सन्जु समरखतीले कास्य पदक हात पारे । त्यस्तै ४० केजी मुनि केन्द्रका सुनिल लामा स्वर्ण,पुर्वाञ्चलका किशन माहाशेठले रजत र आयोजकका अजेन्द्र थापामगर तथा मध्यपश्चिमाञ्चलका रोहित बिसिले कास्य,४५ केजी मुनि मध्यपश्चिमाञ्चलका सेघम बिसिले स्वर्ण,पश्चिमाञ्चलका धन बहादुर तामाङले रजत र पुर्वाञ्चलका निकेश कटुवाल तथा केन्द्रका मिगमार तेन्जीङ शेर्पाले कास्य हात पारे ।
महिलातर्फको फाइटको ३० केजी मुनि पश्चिमाञ्चलकी सलिना पुन र केन्द्रकी राधिका भण्डारी,३५केजी मुनी केन्द्रकी विपना थापा मगर र पश्चिमाञ्चलकी उपेक्क्षा गीरी,४० केजी मुनि केन्द्रकी सोनी खड्का र आयोजकी रेखा घले,४५ केजी मुनि आर्मीकी निस्मा बस्याल र पुर्वाञ्चलकी कल्पना राई तथा ५० केजी मुनि आर्मीकी रुबीका खड्का र पश्चिमाञ्चलकी शर्मीला महत फाइनलमा प्रवेश गरीन् । ५० केजीमा पश्चिमाञ्चलकी महतलाई कडा चूनौती पेश गरेकी पुजा खुलाल मगरले उत्कृष्ट खेलको बाबजुत पनि फाइनलको यात्रा तय गर्न असफल रहिन् ।
त्यस्तै प्याट्रन विधाको पुरुषतर्फ ब्लाक बेल्ट दोस्रो डानमा पुर्ण बहादुर मगरले स्वर्ण र आकाश घार्ति मगर रजत,पहिलो डानमा भरत बहादुर शिंहले स्वर्ण र भिम बहादुर तामाङले रजत,रेड बेल्टमा श्याम बहादुर श्रेष्ठले स्वर्ण र रोशन तामाङले रजत,निलो बेल्टमा अनिल तामाङले स्वर्ण र नेल्सन आलेले रजत तथा ग्रीन बेल्टमा निरज कुवँरले स्वर्ण र अजेन्द्र कुवँरले रजत हात पारे । प्याटकै महिलातर्फ ब्लाक बेल्ट दोस्रो डानमा मुना बम्जनले स्वर्ण र सोनी खड्काले रजत,पहिलो डानमा निस्मा बस्यालले स्वर्ण र स्वता राईले रजत,रेड बेल्टमा मुना दिशाले स्वर्ण र कल्पना राईले रजत,निलो बेल्टमा अश्मिना थापाले स्वर्ण र विपना थापा मगरले रजत तथा ग्रीन बेल्टमा सुजिता राईले स्वर्ण र सरस्वती घलले रजत हात पारीन् । प्रतियोगिताको उदघाटन प्रमुख अतिथी नेपाली काग्रेशका केन्द्रिय सदस्य एवम् सभासद बहादुर सिहं लामा,आइटिएफ तेक्वान्दो सघंका केन्द्रिय अध्यक्ष अन्जन धमला र आयोजक आइटिएफ तेक्वान्दो नुवाकोटका अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायतले गरे । सो अवसरमा उद्योग वाणिज्य सघं नुवाकोटका अध्यक्ष तारा बहादुर कार्की,आइटिएफका वरिष्ठ उपाध्यक्ष चेतनराज गीरी,अन्र्तराष्ट्रिय मार्शलआर्ट महासघं अध्यक्ष प्रवीण कुमार कार्की र नुवाकोट जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बुद्धी प्रधान लगायतको उपस्थीती थियो । सो अवसरमा सभासद लामाले नेपाली खेलकुदको विकाशका लागि सबै क्षेत्रले एकजुट भएर लागे खेलक्षेत्र माथी उठ्ने बताए । २ दिने प्रतियोगितामा ५ विकास क्षेत्र,एपीएफ,नेपाली सेना र आयोजकको टिम सहभागिता रहेको आईटिएफका केन्द्रीय अध्यक्ष अन्जन धमलाले जानकारी दिए । प्रतियोगितामा एकल स्पायरिङ र एकल प्याटन गरि १६० खेलाडिले ३० स्वर्ण,३० रजत र ६० कास्यका लागि स्पर्धा हुदैछ । उद्घाटनको अवसरमा आयोजकले नवनिर्वाचित अध्यक्ष अन्जन धमलालाई नयाँ कार्यकालको सफलताका लागि शुभकामना स्वरुप मायाको चिनो प्रदान गरेको थियो । धमलालाई आयोजक कमिटी नुवाकोट आइटिएफ तेक्वान्दोका अध्यक्ष हरि कृष्ण श्रेष्ठले मायाको चिनो प्रदान गरे ।

Comment