भूकम्प पीडितलाई आर्थिक सहयोग

badminton sadharane
नेपाल ब्याडमिन्टन संघको साधारण सभाको उद्घाटनकै अवसर पारेर ब्याडमिन्टन संघले भूकम्प पीडित आफ्ना वर्तमान र पूर्व खेलाडी तथा अन्तर्राष्ट्रिय निर्णायकलाई आर्थिक सहयोग स्वरुप समान १–१ लाख रुपैयाँ हस्तान्तरण ग¥यो ।
सहयोग पाउने पूर्व खेलाडीमा उदयकुमार श्रेष्ठ र नरेशबहादुर सिंह, वर्तमान खेलाडीमा इन्द्र महता, सरादेवी र नवीन श्रेष्ठ तथा अन्तर्राष्ट्रिय निर्णायकमा ओमविक्रम राना रहेका छन् ।
भूकम्पबाट अति प्रभावित जिल्ला ब्याडमिन्टन संघहरु धादिङ, सिन्धुपाल्चोक र भक्तपुरलाई ३–३ लाख आर्थिक सहयोग उपलब्ध गराइयो ।
आफ्नै पहलमा ब्याडमिन्टन कभर्डहल बनाउन अघि सरेका भोजपुर र कास्की जिल्ला ब्याडमिन्टन संघलाई सहयोग स्वरुप १–१ लाख नगद रुपैया गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव लामा टेन्डी शेर्पा, एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसी उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, राखेप सदस्य उपेन्द्र पौडेल लगायतले खेलाडीलाई पुरस्कृत गर्नुका साथै आर्थिक सहयोग हस्तान्तरण गरे ।

Comment