तेश्रो नेपाल कप सशस्त्रलाई
तेश्रो नेपाल कप आमन्त्रण फुटबलको उपाधी पूर्वाञ्चल सशस्त्र प्रहरी बल फुटबल टिमले जितेको छ । ईलाममा जारी फुटबल प्रतियोगितामा सशस्त्रले झापाको काकरभिट्टा फुटबल प्रशिक्षण केन्द्रलाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपाल कपको उपाधि जित्न सफल भएको हो । बिजेता टोलीले १ लाख रुपैया पुरस्कार पायो । यस्तै उपविजेताले ५० हजार रुपैया पायो ।
विजयी टोली तथा खेलाडीहरुलाई प्रमुख अतिथी पूर्व प्रधान सेनापती महारथी रुक्माङ्गगत कटुवालले पुरस्कार वितरण गरे । स्पोर्टस् फर अलको आयोजनामा ईलाम करफोक मैदानमा भएको प्रतियोगिताको फाइनलमा कर्ण लिम्बुको गोलमा काकरभिट्टाले १२ औ मिनेटमा अग्रता लीएको थियो । रमेश दङ्गालले गोलरक्षकलाई दिएको बललाई आफ्नो कब्जामा लिंदै गोलरक्षकलाई कटाउंदै गोल गरेका थिए । सशस्त्रका सन्तोष श्रेष्ठले २५ औं मिनटमा गोल गरे । २७ औं मिनटमा फुसन मर्मुले गोल गर्दै एपीएफलाई अग्रता दीलाए । काकरभिट्टाका्े लागि ३७ औं मिनटमा दिलेन लोक्तानले फ्रिकिकमा गोल गरे । ५२ औं मिनटमा एपीएफका झलक गुरुङ्गले गोल गर्दै सशस्त्रलाई जित दिलाए ।
फाइनल खेलका म्यान अफ द म्याच तथा उच्च गोलकर्ता काकर भिटटका कर्ण लिम्बु घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक टिम ईलाम – ११ का प्रदीप बिष्ट घोषित भए ।