“विर ” ग्याल्जेनको खेलकुदमा चासो

Manoj Shiama
10 May, 2016 11:13 am

ang1

नेपाल सगरमाथाको देश । हामीले गर्व गर्ने गरेको विषय हो यो । त्योसंगै हामीले गर्व गर्ने गरेको अर्को विषय पनि हो, नेपाल हिमाल आरोहीहरुको देश भनेर । यो गर्वको श्रृंखला पछिल्लो समय नेपाली खेलकुदसंग पनि जोडीएको छ । यो सफलता र विरताका कथा नेपाली खेलकुदसंग पनि जोडीएको छ । यस क्रममा केही नामहरु वालक्लाइम्बीङ्गसंग पनि जोडीए ।
आरोही आङ्ग ग्यालेल्जेन शेर्पा हिमाल आरोहण र यससंग सम्बन्धीत थुप्रै सस्थामा आबद्ध भए पछि केही क्लाइम्बिीङ्गका प्रतियोगितामा पनि सफलता पाउन सफल भए । राष्ट्रिय ओपन मिडिया वाल क्लाइम्बिङ्ग प्रतियोगिता, तेश्रो राष्ट्रिय खुल्ला क्लाइम्बिङ्ग र चौथो राष्ट्रिय खुल्ला क्लाइम्बिङ्गका उपाधि यात्रा उनका जिवनका प्रमुख पाटा हुन् ।
“ एक्सपीडीसन” को हकमा ८ हजार मिटरभन्दा माथिको हिमाल आरोहण गर्ने क्रममा उनले २०१० मा ८१६३ मिटरको माउन्ट मनास्लुको एक्सपीडीसन गरेका थिए । २०१४ मा ८२०१ मिटरको माउन्ट चोयु एक्सपीडीसन पुरा गरे । जुन उनको चौथो आरोहण थियो । सन् २०१२ मा ८५१६ मिटरको माउन्ट ल्होत्से आरोहण गरेका थिए । उचाइमा ६८१२ मिटर भए पनि प्राबीधीक रुपले कठिन मानीने माउन्ट अबादालम उनले २०१३ मा पुरा गर्दै तेश्रो पटक यो सफलता पाए । उनले सन् २००९ मा बरुण सि एक्सपीडीसन पनि पुरा गरेका थिए । संसारको सबैभन्दा माथिल्लो उचाइ सगरमाथाको टाकुरोमा उनी तीन पटक एक्सपीडीसन गरे । जुन उनले सन् २०११,०१२ र ०१३ मा पुरा गरेका थिए ।
यी समिटरका अन्य समिटका कथा पनि छन् ।
आइज्लयान्ड पिक( ६१६० मि) २५ पटक, मेरा पिक ( ६६५४ मि) २४ पटक, याला पिक ( ५५०० मि) चार पटक ,लाबुचे पिक( ६१६०मि), ५ पटक र चुलु फार इस्ट( ६५८४ मि) ६ पटकको समिट उनको महत्वपूर्ण सफलता हो । प्राबीधीक रुपले कठिन मानीने पिसाङ्ग पिक( ६०९१ मि) ६ पटक,माउन्ट ब्ल्यान्क ( ४८१०मि) दुइ पटक र माउन्ट कोरिन्डे कोराबीस ( ३७१५ मि) उनका महत्वपूर्ण सफलता हुन् ।
खेल र पर्वतारोहण जोड्न चाहने शेर्पाले थुप्रै उद्धार गर्दै मानबीय सम्बेदनाको सवालमा आफूलाई अग्रणी राखेका छन् । ताप्लेजुङ्गमा भएको डब्लुडब्लु एफको हेलीकोप्टर दान दुर्घटना, १९ पटकका सगरमाथा आरोही छेवाङ्ग निमा शेर्पालाई खोज्ने क्रममा र सन् २०११ को स्प्रिङ्ग सिजनमा तीन पटक सगरमाथामा खोजी गर्ने क्रममा उनको भुमिका त्यत्तिकै रहेको थियो । त्यसको दुइ बर्ष पछि ६० मिटर हिउ भासिदा उनले उद्धार कार्यमा त्यत्तिकै सहयोग गरेका थिए । अनी गत बर्ष भुकम्प जादा सगरमाथा र लाङ्गटाङ्ग दुवै स्थानमा उद्धार कार्यमा उनी त्यत्तिकै सक्रिय रहेका थिए ।
रुट सेटरको रुपमा दाश्रो पार्क योंग स्योंग ओपन क्लाइम्बिङ्ग कम्पीटीसन, नेपाल हिमालय एडभान्चर एन्ड ट्रेनिङ्ग सेन्टर र क्लाइम्बमान्डु टुमा उनी रुट सेटर थिए । सन् २०१३ र २०१४ मा एस्ट्रीक क्लाइम्बिङ्ग वाल, दोश्रो अन्तरकलेज स्पोर्ट्स क्लाइम्बिङ्ग कम्पीटीसन र चोयुमा सर्टीफाइड रुट सेटर हुनु उनका थप विशेष रहे । ange
यी यावत सफलता, मानबीय उद्धार र सृजनात्मक कार्यका लागि उनले थुप्रै स्थानबाट प्रशंसा र पुरस्कार पनि पाए । सन् २०११ मा तीन पटक एभरेस्ट एक्सपीडीसनमा गरीएको उद्धार कार्यका नायक आङ्ग ग्याल्जेन शेर्पालाई सोही बर्ष एनएनएमजीए अवार्ड प्रदान गरियो । त्यसको दुइ बर्ष पछि उनी गाइड अफ द इयर हुन सफल भए ।
उनको जिवनको एउटा पाटो हिमाल हो । हिमालमा कसरी बस्ने र बाच्ने भन्ने विषयमा उन िज्ञाात बने । यसैलाई लिपीबद्ध गर्दै त्यो ज्ञान बाड्ने योजना उनले बनाए ।“ टेक्नीकल ट्रेनिङ्ग म्यानुएल फर माउन्टेन प्रोफेसन” पठनीय छ । र्वल्ड माउन्टेन जीयोग्राफीका लागि उनले गरेको मिहेनत अर्को सहनीय काम हो । ग्लोबल वार्नीङ्ग र फस्ट एडका े सचेतनको बारे उनको भुमिका त्यत्तिकै अतुलनीय छदैछ ।
उनको यो बहादुरीको कथा त्यत्तिकै लेखिएको होइन । यसका लागि आफूलाई योग्य बनाउन पनि उनले थुप्रै मिहनेत गरेका छन् । सन् २००८ मा दुइ दिने हिल वाकीङ्ग कोर्षबाट उनको यो यात्रा सुरु भएको थियो । त्यस पछि ३० दिने बेसीक माउन्टेनियरिङ्ग कोर्ष, रक लेभल वान कोर्ष र हाइ माउन्टेन रेस्क्यु कोर्षले उनको दक्षतामा धेरै नै बृद्धी भयो । लाइसन्स अफीस, फ्रान्सबाट बेसीक स्की कोर्ष र च्याम्पीयेनीक्स फ्रान्सले उनको क्षमता अझ निखारियो । गाइड, रेस्क्यु र आरोहणका बिश्व ब्यापी प्रशिक्षण पछि उनीमा यो निखारता आएको हो ।
बि.स २०३९ मा सोलुखुम्बुमा जन्मीएका यी बहादुरको यो दक्षतामा भाषिक ज्ञान पनि त्यत्तिकै महत्वपूर्ण रह्यो । नेपाली र शेर्पा त यीनले जन्मजात नै जान्ने भए । अमेरिकन इग्लीस,जापनी र फ्रेन्चको विशेष प्रशिक्षण प्राप्त यी युवा त्तिबेतीयन भाषामा समेत पोख्त छन् । यी बहादुर नेपालीमा अहिलो पलाएको खेल मोह धेरैका लागि प्रेरणाको श्रोत बन्न सक्ने छ ।