फुटभली थाईल्याण्ड प्रस्थान
मित्र राष्ट्र थाईल्याण्डमा आयोजना हुने नवौं अन्तराष्ट्रिय फुटभली च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडी, २ अफिसियल र मिडिया सहित ७ सदस्यिय टोली त्यस तर्फ प्रस्थान गरेकोछ ।
नेपाल फुटभली संघका उपाध्यक्ष एवं प्रशिक्षक राजु थापाको नेतृत्वमा थाईल्याण्ड गएको टोलीमा खेलाडीहरु विजय राज जोशी, रुपेश सुनार, अमूल्य काजी महर्जन र संजय महर्जन रहेका छन् । अन्य अफिसियलमा अनु सापकोटा र मिडियामा पूर्णिमा श्रेष्ठ रहेकाछन् ।
टोलीलाई संघका अध्यक्ष मनिष जोशी र महासचिव दामोदर भट्टराई “बद्री” ले बिदाई अन्तराष्ट्रिय विमान स्थलमा बिदाई गरे ।
जेठ १ र २ गते आयोजना हुने प्रतियोगितामा नेपाल, भारत, सिंगापुर, थाईल्याण्ड लगायत १६ देशको सहभागिता हुने नेपाल फुटभली संघका महासचिव भट्टराईले जानकारी गराए । साही अवसरमा उपाध्यक्ष थापाले सो खेलको रेफ्री प्रशिक्षण कोर्षमा समेत सहभागीता जनाउने भएका छन् ।
ब्राजिलबाट सुरु भएको र बालुवामा खेलिने खेल नेपालमा नौलो खेलको रुपमा रहेको छ । विच भलिबलमा झै २ सदस्य रहने खेल भलिबलकै नियम अनुसार हातको सट्टा खुट्टाले खेलिन्छ ।