ओडिसी र भ्याली पब्लिकलाई बीएनए कप

Manoj Shiama
13 May, 2016 7:53 pm

bna finaleओडिसी इन्टरनेसनल एकेडेमी र भ्याली पब्लिक ‘ए’ ले प्रथमबीएनएअन्तरविद्यालयबास्केटबलप्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ओडिसी जुनियर ब्वाइज तथा भ्याली पब्लिक ‘ए’ सिनियर गल्र्समा च्याम्पियन बने ।बसुन्धारास्थित आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा ओडिसीले एन्जल्स हार्टलाई ३६–२१ ले पराजित ग¥यो । विजेताका साहिल गुरुङले १२ अंक जोडे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिक ‘ए’ ले एचएचसीएलाई ३२–२४ ले हरायो । भ्याली पब्लिक ‘ए’ को जितमा निलम शेर्पाले १३ अंक योगदान गरिन् ।जुनियर ब्वाइजमा गोल्डेनपिकले ग्रिनल्यान्डलाई २७–१५ ले पाखा लगाउदै तेश्रो भयो । विजेताका हिक्मत राउतले १२ स्कोर गरे ।
त्यसैगरी सिनियर गल्र्समा भ्याली पब्लिक ‘बी’ ले तेश्रो स्थानमा चित्त बुझायो । भ्याली पब्लिक ‘बी’ ले इडेन ब्रिज एकेडेमीलाई ३२–२५ ले पन्छायो । विजेताकी सविना सुवेदीले १२ अंक जोडिन् ।जुनियर ब्वाइजमा ओडिसीका आदर्श श्रेष्ठ तथा सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ की निलम शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । जुनियर ब्वाइजमा ज्ञानसिन्दु तथा सिनियर गल्र्समा हिमालयन एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।विजेतालाई नेपाल बास्केटबल संघका उपाध्यक्ष भीमसिंह गुरुङ, बीएनएका अध्यक्ष प्रवीणश्रेष्ठ, प्रिन्सिपल टंकुमार चापागाईं, संयोजक सन्तोष फुयाल लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको जुनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १२ गरी जम्मा २८ टिम सहभागी थिए ।