भलिबल सघंमा सबै पद निर्विरोध

Manoj Shiama
14 May, 2016 7:17 pm

volleyballe
नेपाल भलिबल सघंमा मनोरन्जन रमन शर्माको नेतृत्वमा २५ सदस्य केन्द्रिय कमिटि निर्विरोध निर्वाचित भएको छ । बुद्धनगर स्थित क्वालिटि ब्याङकेटमा भएको ७ औँ साधारणसभाबाट उपाध्यक्षहरु याम बहादुर गुरुङ,उपेन्द्र कुमार यादव,निरोज मास्के,ऐन बहादुर शाही र हरक सिंह धामी निर्वीरोध निर्वाचित भए । संघकोे महासचिवको जिम्मेवारी पूनः जितेन्द्र बहादुर चन्दले पाएका छन् । त्यस्तै ७ सचिवमा नेपाली राष्ट्रिय भलिबल टोलीका सहायक प्रशिक्षक समेत रहेका जगदिश भटृ,श्याम कृष्ण श्रेष्ठ,मनविर छन्त्याल,रामनाथ भण्डारी,भीम ओली,डम्बर बहादुर नेपाली र मदन खड्का निर्विरोध चयन भएका छन् ।
कोषाध्यक्षमा सुन केशरी माली निर्बिरोध चयन भइन् । सघंको सदस्यमा गौतम प्रसाद लासिभा,गणेश ठगुन्ना,ज्योती के.सी,राज कुमार गुरुङ,श्रीधर शर्मा,सोम बहादुर श्रेष्ठ,जुनू पुन मगर,दिपक जिएम,किशोर कुमार आचार्य र मोहम्मद फिरोज चयन भए । उनिहरुलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप)का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेन्डी शेर्पाले निर्वाचित भएको प्रमाण–पत्र बितरण गरे । त्यस्तै राखेपका बरिष्ट अधिकृत प्रमुख निर्वाचन अधिकृत डेमवहादुर बस्नेतले पद तथा गोपनियताको सपथ गराएका थिए । सो अवसरमा रोखपका उपाध्यक्ष एवम् नेपाल ओलम्पीक कमिटीका महासचिव लामा टेन्डि शेर्पाले सफल कार्यकालको शुभकामना ब्यक्त गरे । कार्यक्रममा सघंका नवनिर्वाचित अध्यक्ष शर्माले भलिबल खेलको थप विकासका लागि आफ्नो नेतृत्वमा रहेको कमिटीले हरेक तवरबाट उत्कृष्ट काम गरेर देखाउने बताए । शर्माले जूनियरस्तरबाट खेलाडी उत्पादन नहुदा भलिबलमा समस्या हुने अवस्था आएको बताउदै भने हाम्रो पहिलो प्रथामिकता जुनियर प्रतियोगितामा रहने बताए ।