इभालाई यु–९ सिंगल्स उपाधि

Manoj Shiama
19 May, 2016 7:28 pm

tennis thursday1
इभा अधिकारीले तेश्रो नेपालजुनियर खुला टेनिस प्रतियोगिता÷जेटीआईको यु–९ गल्र्स सिंगल्सको उपाधि बिहीबार जितेकी छिन् । फाइनलमा इभाले प्रशंसा मोक्तानलाई ४–० र ४–०को सोझो सेटमा पराजित गरिन् ।
यु–९ ब्वाइज सिंगल्समा प्रणव मानन्धर र राजवीर प्रधान फाइनलमा पुगे । प्रणवले प्रसिद्ध बस्नेतलाई ४–५, ४–२ र ११–३ तथा राजवीरले सक्षम विक्रम शाहलाई ४–१ र ४–१ ले हराउदै फाइनलमा प्रवेश गरे ।
यु–१६ब्वाइज सिंगल्समा संरक्षक भूषण वज्राचार्य र प्रणव खनाल उपाधिकालागि भिड्ने भएका छन् । सेमिफाइनलमा संरक्षकले रेन्जन लामालाई ६–० र ६–२ तथा प्रणवले सौरव राजपाण्डेलाई ६–१ र ६–१को सीधा सेटमा हराए ।
यु–१४ ब्वाइज सिंगल्समा छविलाल राउतले सहर्ष चन्दलाई ३–६, ६–१ र ६–३ तथा सम्यकभूषण वज्राचार्यले प्रमोद बुढाथोकीलाई ६–२ र ६–० को सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे । यु–१०गल्र्स सिंगल्समा शुभाङ्गी लक्ष्मी शाहले इभा अधिकालाई ६–४ र ६–२ तथा आइशाडोल्कर गुरुङले समृद्धि श्रेष्ठलाई ६–१ र ६–२ ले पाखा लगाउदै फाइनलमा स्थान बनाए । यु–१० ब्वाइज सिंगल्समा आर्यन सम्राट हाडाले ओजेन चित्रकारलाई ६–० र ६–० चिराग तिमिल्सनाले प्रसिद्ध बस्नेतलाई ६–३ र ६–२, आदित्य सुवेदीले प्रणव मानन्धरलाई ६–१ र ६–० तथा अकी जुवेन राउतले डेनियल श्रेष्ठलाई ६–० र ६–० ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
यु–१२ गल्र्स सिंगल्समा श्रुति तामाङले शिरिषा राई तथा मन्दिरा आले मगरले रायना शाहविरुद्ध सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।