नेपाल आइस हक्की संघलाई आइआइएचएफको आवद्धता
अन्तर्राष्ट्रिय आइस हक्की महासंघ (आइआइएचएफ)ले नेपाल आइस हक्की संघलाई सदस्यता प्रदान गरेको छ । रुसको मस्कोमा भएको बार्षिक कग्रेसमा नेपाललाई सदस्यता प्रदान गरेको हो । शुत्रबार भएको कंग्रेसमा आइआइएचएफले नेपाल आइस हक्की संघलाई आवद्धता प्रदान गरेको कंग्रेसमा सहभागी भएका संघका अध्यक्ष लोकबहादुर शाहीले बताए ।
२०७१ सालमा राष्ट्रिय खेलकुद परिषद्मा १ सय ४२ औं संघका रुपमा दर्ता रहेको नेपाल आइस हक्की संघले अन्तर्राष्ट्रिय आवद्धता पाएसँगै विकास र विस्तारका लागि महत्वपूर्ण कदम चाल्ने बताएको छ ।
सो अवसरमा अन्तर्राष्ट्रिय आइस हक्की महासंघका अध्यक्ष रेन फासेलले अध्यक्ष लोबहादुर शाहीलाई पूर्ण सदस्यताको सट्फििकेट प्रदान गरेका थिए । त्यसैगरि नेपाल आइस हक्की संघका अध्यक्ष शाहीले फासेललाई मायाको चिनो प्रदान गरे ।
कंग्रेसले आगामी चार बर्षका लागि स्विजरल्यान्डका फासेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन समेत गरेको छ । त्यसैगरि उपाध्यक्षमा कार्लेभो कुमोला,बाब निकलसन र हङकङका थोमस वु चुनिए । एसियामा वेन्टर ओलम्पिक गेम्समा सहभागीता बढाउने उद्देश्य रहेको छ । २०१८ मा कोरिायमा ओलम्पिक विन्टर गेम्स हुँदै छ भने २०२२ मा चिनमा हुँदै छ । नव निर्वाचित हङकङका थोमस वुले पनि एसियामा आइस हक्की विकास र विस्तारका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
नेपाललाई यस अघि पनि आआएचएफले आइस रिंक निमार्णलगायतका विषयमा सहयोग गर्ने बचत दिइसकेको छ । हिमालै हिमाल रहेको मुलुकमा आइस हक्की प्रवेश गराउन पाउनु गर्वको विषय भएको उनीहरुले बताएका छन् ।