सिर्जना र मुनालाई स्वर्ण

Manoj Shiama
21 May, 2016 10:18 pm

karate santee
नरहरिपुरकी सिर्जना एमसी र एम्सकी मुना शाक्यले दोश्रो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तराष्ट्रिय कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । महिलातर्फ २० केजीमा सिर्जना र २५ केजीमा मुना पहिलो भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला ३० केजीमा नरहरिपुरकी अनिता मगर, ३५ केजीमा घन्टाघरकी निमा शेर्पा, ४० केजीमा चितवनकी बुद्धलक्ष्मी लामा, ४५ केजीमा घन्टाघरकी एलिशा तामाङ, ५० केजीमा घन्टाघरकी मोनिका योञ्जन, ५५ केजीमा घन्टाघरकी एलिशा लामा, ६० केजीमा चितवनकी शान्ति लामा तथा ६५ केजीमा लिटिल एन्जल्सकी सुस्मिता गुरुङले स्वर्ण जिते ।
नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो, ठमेलद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल कातामा नरहरिपुरका सोनिम मानन्धर, ७५ केजीमा लिटिल एन्जल्सका स्विकार राई, ७५ केजीमा लिटिल एन्जल्सका विपेनराज दोर्जे, ८० केजीमा ठमेलका लक्ष्मण बस्नेत तथा ६५ केजीमा घन्टाघरका रोशन बलामीले पहिलो स्थान हात पारेको रेफ्री संयोजक एवं आठौं र नवौं सागका स्वर्णधारी दीपक श्रेष्ठले जनाएका छन् । प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।