ठकुरीले पारे सबैलाई अचम्म
अमेरिकामा रहेर कराते र तेक्वान्दा दुवै खेलमा सक्रिय उज्वल ठकुरी म्यारील्याण्ड भिक्ट्री कप कराते प्रतियोगितामा नौलो खतरनाक ‘ब्रेकिङ्ग ‘प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।
ठकुरी विगतका भन्दा फरक प्रस्तुति गरि नया किर्तिमान गर्ने जानकारी गराए पछि म्यारील्याण्ड भिक्ट्री कप कराते च्याम्पन्शिपमा उनलाई आयोजकले प्रदर्शन गर्न आमन्त्रण गरेका थिए । उनले यो खतरनाक किर्तिमान कायम गर्न ३ बर्ष लागेको बताएका छन् । उनले बिगत ३ बर्ष देखि क्रमस ५ ,१० ,१५ पाउण्ड दातले उचाल्ने प्रयास गर्दै सम्पन्न प्रतियोगितामा अन्ततगत्वा ४० पाउण्ड दाँतले उचाली दुवै खुट्टा फाडेर अगाडी राखिएका दुई वटा काठ तोड्न सफल भएका छन् ।
यसै गरि उनले दुवै खुट्टा फाडेर एक हातमा काठ लिदै नजदिकबाट अर्को हात द्वारा तोड्दै सबैलाई अचम्ममा पारे । ठकुरीले आफैले एउटा हातले समातेर एक इन्चका काठलाई नजीकीदै कसैको सहारा बिना तोडेका थिए ।
ठकुरीले नौलो किर्तिमान बनाउन अगाडी नेपालको झन्डा घाटीमा झुन्ड्याएर काठ तोडेका थिए । ठकुरीले अहिले सम्म भएका भिन्न प्रतियोगितामा ९ स्वर्ण ४ रजत र ४ कास्य जित्न सफल भएका छन् । यी मध्ये ७ वटा स्वर्ण पदक करातेमा ,एउटा तेक्वान्दोमा र एउटा करातेको खतरनाक ब्रेकिङ्ग (तोड्ने )मा स्वर्ण पदक प्राप्त गरेका छन् । आगामी दिनमा अन्य स्थानमा हुने प्रतियोगितामा दाँतले ५० पाउण्ड उचाली यस्तै किर्तिमान राख्ने र नेपालको नाम उच्च राख्ने चाहना रहेकोले पूर्व अभ्यास गरि रहेको ठकुरीले बताए ।