कार्कीको च्यारिटी दौड पूरा

kardki daude
धावक रामसुन्दर कार्कीको ललितपुरदेखि लुम्बिनीसम्मको च्यारिटी दौड शनिबार सम्पन्न भएको छ । जावखेलस्थित नेपाल बाल संगठनको प्राङ्गणदेखि कार्कीले बुधबार दौड यात्रा थालेका थिए ।यसअघि उपत्यकादेखि लुम्बिनीसम्म कार्कीले पाँचपटक दौडि सकेका छन् । जावलाखेलदेखि लुम्बिनीसम्म करिब ३ सय २० किलोमिटर दूरी पूरा गर्ने क्रममा कार्की पहिलो दिन मुङलिङ, दोश्रो दिन नवलपरासीको चौरमारा तथा तेश्रो दिन बुटवल रंगशालामा पुगेका थिए । चौथो दिन शनिबार करिब ९ः३० बजे लुम्बिनीको मायादेवी मन्दिर पुगेको कार्कीले जानकारी गराए । कार्की आइतबार राजधानी आइ पुगेका छन् ।
२०७२ सालको बैशाखमा गएको भूकम्पले क्षति पुगेको नक्सालस्थित नेपाल बाल संगठनको भवन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले कार्की दौडेका हुन् ।

Comment