टोलकपमा भानुपथ र नारायणस्थान विजयी
इलाम सदरमुकाममा जारी तेश्रो टोलकप फुटलब प्रतियोगिताको खेलमा भानुपथ र नारायणस्थान टोल विजयी भई अघिल्लो चरणमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो खेलमा नविन चोक ‘बी’ लाई ८–० को भारी अन्तरले हराउँदै भानुपथ विजयी बनेको हो । जितका लागि भानुपथका छिरीङ गुरुङले ५ गोल गरे । त्यस्तै पुन्य लिम्बूले २ र युवराज लिम्बूले १ गोल गरेको योगदान गरेका थिए ।
त्यस्तै दोस्रो खेलमा फुलगाछीलाई १–० को झिनो अन्तरले पाखा लगाउँदै नारायणस्थान टोल विजयी बनेको हो । जितका लागि नारायणस्थानका दिवस राईले खेलको १६ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।
प्रतियोगिता अन्तरगत मंगलबारको पहिलो खेलमा सिंहनगर र मालापथ तथा दोस्रो खेलमा गोलाखर्क र ओपीधारा टोलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
क्लब ओएसीसले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल १५ जेठमा हुनेछ । प्रतियोगिताका विजेता र उपविजेता टिमले क्रमशः नगद २० हजार र १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ठ खेलाडी र र्सवाधिक गोलकर्तालाई समेत आकर्ष पुरस्कारको व्यवस्था रहेको आयोजक ओएसीसका अध्यक्ष डा. च्यान्द्रु लिम्बूले जानकारी दिए ।
प्रतियोगितामा इलाम नगरपालिका भित्रका १० टिमको सहभागिता रहेको छ ।