भलिबल प्रतियोगिताको उपाधी खोरदी क्लवलाई

volleyball rupakote
सिद्धार्थ स्मृति क्लव, रुपाकोट–९, मोहरिायाको आयोजनामा भएकोे पुरुष खुल्ला प्रतियोगिताको उपाधी खोरदी क्लवले जितेको छ । सिद्धार्थले फाइनलमा शान्ति दिप युवा क्लवलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । यस अघि भएको सेमिफाइनलमा शान्तिदिपले सिद्धार्थ स्मृतिलाई र खोरदीले हिमदृश्य युवा क्लवलाई पराजित गरेको थियो ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा बेष्ट प्लेयर र लिफ्टर खोरदी युवा क्लवका क्रमशः मनिष गुरुङ रोशन गुरुङ घोषित भएका छन् । यसैगरी बेष्ट स्पाइकर शान्ति दिप युवा क्लवका विश्वास वि.क. घोषित भएका क्लवले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थ तुम समाजका अध्यक्ष गेश बहादुर गुरुङले विजेता समुहलाई पुरस्कार प्रदान गरेका थिए ।
‘खेलकुदद्धारा स्वास्थ्यको सम्वद्र्धन, मेलाद्धारा पर्यटनको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ कास्कीको रुपाकोट गाविस स्थित मोहरियामा भएको प्रतियोगितामा २० वटा समुह सहभागि थिए । क्लवले विगत तीन दशक देखि कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । मेलामा लोपोन्मुख घाटु नाच, सोरठी लगायतका साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको क्लवका अध्यक्ष जीत बहादुर थापाले जानकारी दिनुभयो । पर्यटकीय दृष्टिले महत्वपूर्ण रुपाकोट गाविस र ग्रामिण खेलमा सुहाउदो भलिवल खेलको प्रचारप्रसारका साथै स्थानीयरुपमा उत्पादित सामग्रीहरुको प्रदर्शनी गर्ने मुख्य उदेश्यले मेलालाई निरन्तरता दिइएको क्लव सदस्य गुमान गुरुङले बताए ।
मेलाबाट बचेको रकम स्थानीय बालबच्चाहरुको शिक्षाको लागि खर्च गरिने बताइएको छ । वि.स. २०५६ सालमा स्थापित क्लवले रक्तदान, सरसफाई, पर्यटन र खेल पर्यटन प्रवद्धनात्मक कार्यक्रमहरु गर्दै आएको छ । मेलामा सहभागि भएका पाहुनाहरुको लागि होमस्टेको व्यवस्था समेत गरिएको थियो । कार्यक्रममा परिवार नियोजन सम्बन्धि चुड्का नृत्यका साथै विभिन्न जनचेतनामुलक कार्यक्रम समेत गरिएको थियो । क्लवका अध्यक्ष जीतबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम पुरस्कार प्रायोजक सुर्य बहादुर गुरुङ, कार्यक्रम संयोजक झलक कुमार गुरुङ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

Comment