मदन भण्डारी अन्तर नगरकप फुटबल हुने
मदन भण्डारी स्पोट्र्स एकेडेमी बुढानिलकण्ठ नगर कमिटीको आयोजनामा प्रथम मदन भण्डारी अन्तर नगर कप फुटबल प्रतियोगिता हुने मदन भण्ढारी स्पोट्र्स एकेडेमीका अध्यक्ष सभासद विनोद श्रेष्ठले पत्रकार सम्मेलनमा बताए ।
प्रतियोगिता जननेता मदन भण्डारीको ६४औँ जन्म जयन्तीको अवसरमा असार ४ देखि १२ गते सम्म सञ्चालन हुनेछन् । मदन भण्डारी स्पोट्र्स एकेडेमिको तत्तवाधनमा हुने प्रतियोगितामा नगरपालिकका दुई टिमले सहभागीता जनाउन पाउन प्रावधान रहेको आयोजक बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष विकास तामाङले बताए । ए डिभीजन खेलेका खेलाडीले समेत खेल्न पाउने प्रतियोगितामा ८ टिमको सहभागगिता निश्चित भएको अध्यक्ष तामाङले पत्रकार सम्मेलनमा बताए । प्रतियोगिता बुढानिलकण्ठ स्कुलको खेल मैदानमा हुनेछन् । प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार नगद शहित ट्रफि प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्टलाई पनि पुरस्कृत गरीने आयोजकले जनाएको छ । बेस्ट प्लेयर,आई स्कोरर,बेस्ट गोलरक्षक र बेस्ट डिफेन्डर नगद पाँच हजार र ट्रफिद्धारा पुरस्कृत गरीनेछ । प्रतियोगिताको अनुमानित बजेट ८ लाख रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि बुढानिलकण्ठ नगरपालिको पनि सहयोग रहेको छ । राखेप सेमिकभर्डहलमा भएको पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोट्र्स एकेडेमीका महासचिव वचन देउजा,सदस्य दिपक निरौला,एकेडेमीका काठमाण्डौ जिल्लाका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।