अभिलाषा भारत जाँदै

Manoj Shiama
28 May, 2016 12:31 pm

tennise
एटीएफ १४ एन्डअन्डर टेनिस च्याम्पियनसिप खेल्न लनटेनिस खेलाडी अभिलाषा विष्ट शनिबार भारतको अहमदबाद जाँदैछिन् ।
अभिलाषा अखिल नेपाल लनटेनिस संघका सदस्य समेत रहेका बुवा अजय र आमा प्रमितासंग अहमदबाद जान लागेकी हुन् । प्रतियोगिता मे ३० देखि जुन ४ तारिखसम्म सञ्चालन हुने छ । उनीहरुलाई लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटोमा शुक्रबार बिदाइ गरिन् ।