शारीरिक सुगठन तथा फिट्नेस संघमा राजेशबाबुको निरन्तरता

fitnesse
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको अध्यक्षमा राजेश बाबु श्रेष्ठ सहित कुल १४ सदस्यीय पदाधिकारी निर्विरोध चयन भएका छन् । शनिबार भएको चौथो साधारणसभा तथा तेस्रो निर्वाचनबाट महासचिव र सचिव बाहेक सबै पदाधिकारीले निरन्तरता पाए । सातदोबाटो स्थित अन्र्तराष्ट्रिय खेलकुद परिसरमा भएको साधारणसभाले प्रथम उपाध्यक्षमा विजयलाल कायस्थ र द्धित्तिय उपाध्यक्षमा नारायण प्रधानलाई सर्वसम्मत चयन गरेको छ । महासचिवमा राजन श्रेष्ठले नयाँ जिम्मेवारी पाएका छन् । उनि यसअघिको कार्यकालमा सचिवमा थिए । सघंको सचिवमा सुनिल राजकर्णीकार,कोषाध्यक्षमा सागर बगााले,सदस्यहरुमा पुष्प कुमार श्रेष्ठ,मोहन कृष्ण श्रेष्ठ,इश्वर श्रेष्ठ,बाबुकाजी मानन्धर,दिनेश श्रेष्ठ,,शिवध्वज राई,लक्ष्मण केसी र वकिल मान तुलाधर(उदास) सर्बसम्मत चयन भएका छन् । निर्वाचित पदाधिकारी सहित सबै सदस्यलाई राष्ट्रिय खेलकुद परिषद(राखेप)का निर्वाचन अधिकृत ओमनाथ न्यौपाने प्रमाणपत्र बितरण गर्दा चन्द्रकुमार राईले पद तथा गोपीनियताको सपथग्रहण गराएका थिए ।
संघको बिधाननूसार चार वर्षीय कार्यकालका लागि तीन उपाध्यक्ष,एक सह–कोषाध्यक्ष र आठ सदस्य मनोनित गर्न बाँकी रहेकोमा अध्यक्ष राजेशवाबु श्रेष्ठको अध्यक्षमा शनिवारनै बसेको पहिलो बैठकले १ जना उपाध्यक्ष र ५ सदस्य मनोनित गरेको छ । अघिल्लो कार्यकाल महासचिव रहेका दिनेश राजभण्डारी तृतिय उपाध्यक्षमा मनोनित भएका छन् । त्यस्तै मनोनित हुने ५ सदस्यमा काठमाण्डौका सुर्य जोशी,राजेशवहादुर श्रेष्ठ,ज्ञानेन्द्र नकर्मी,निर्मला महर्जन र मकवानपुरका सुनिल अधिकारी रहेको संघका मनोनित तृतिय उपाध्यक्ष दिनेश राजभण्डारीले जनाएका छन् । अव २ उपाध्यक्ष १ सह–कोषाध्यक्ष र ३ सदस्य मनोनित गर्न बाँकी रहेको छ । यसअघि राखेपका सदस्य सचिव केशव कुमार विष्टले उद्घाटन गरेको साधारण सभाले बिधान सम्सोधन गरि सह–कोषाध्यक्ष रहने ब्यवस्था मिलाएको थियो । साधारण सभामा केन्द्रीय प्रतिनिधी सहित २२ जिल्लाका कुल ५४ प्रतिनिधीको सहभागीता रहेको थियो ।े

Comment