खत्री र स्याङ्गबोलाई उपाधि

langtange
पहिलो टान लाङ्गटाङ्ग गोसाइकुण्ड हाफ म्याराथनको उपाधि पुरुष तर्फ नेपाल आर्मीका भरत खत्री तथा महिला तर्फ फुलमाया स्याङ्गबोले जितेका छन् । ट्रेकिङ्ग एजेन्सी एसोसीएसन अफ नेपालले आयोजना गरेको रेसमा २१ किलो मिटरको निर्धारित दुरी खत्रीले १ घन्टा १७ मिनेट ५५ सेकेन्डमा पुरा गरे । दोश्रो भएका होमलाल श्रेष्ठले १ घन्टा २३ मिनेट तथा तेश्रो भएका गोवीन्द प्रसाद अधीकारीले १ घन्टा २३ मिनेट ४६ सेकेन्डमा रेस पुरा गरे ।
महिला तर्फको उपाधि विजेता स्याङ्गबोले दुइ घन्टा ७ मिनेटमा दुरी पुरा गरिन् । दोश्रो भएकी कमला तामाङ्गले दुइ घन्टा १८ मिनेट ५३ सेकेन्ड तथा तेश्रो भएकी बिन्दा विकले दुइ घन्टा २२ मिनेट १७ सेकेन्डमा रेस पुरा गरे । दुवै समुहका उपाधि विजेताले ५० हजार, उपविजेताले ३० हजार तथा तेश्रो स्थान पाउने खेलाडीले २० हजार रुपैया पुरस्कार पाए ।

Comment