किङ खानलाई इन्डोर हक्की उपाधि

hockeyy
किङ खान हक्की क्लब, दुबईले प्रथम किङ खान नेपाल इन्डोर हक्की प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।उपाधि विजेता किङ खान प्रतियोगिताको मुख्य प्रायोजक पनि हो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा किङ खानले काठमाडौं हक्की क्लबलाई ९–० गोलले पराजित ग¥यो । विजेताका अली रजाले ह्याट्रिक गरे । त्यस्तै बट र अली खानले २–२ तथा अमिर र नदिमले १–१ गोल थपे ।
नेपाल हक्की संघ र काठमाडौं हक्की क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा दुबईको एक र नेपालको ७ गरी ८ टिम सहभागी थिए ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको थियो । दुवै समूहको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।समूह ‘ए’ को लिग खेलमा किङ खानले नेपाल आर्मी क्लबलाई ९–१, जनकपुर हक्की क्लबलाई ९–० तथा मानसरोबर युथ क्लब, हुम्लालाई ९–० गोलले हराउदै विजेताका रुपमा सोझै फाइनलमा स्थान बनाएको थियो ।
त्यस्तै समूह ‘बी’ को विजेता बन्ने क्रममा काठमाडौं हक्की क्लबले पोखरा हक्की क्लबलाई ६–२ र कन्चन समाज, महेन्द्रनगरलाई १–० गोलले हराएको थियो भने रोयल गोर्खा, महेन्द्रनगरसंग १–१ गोलको बराबरी खेलेको थियो ।
समूह ‘ए’ को उपविजेता आर्मी र समूह ‘बी’ को उपविजेता रोयलबीच तेश्रो स्थानका लागि भएको खेलमा रोयल पेनाल्टी सुटआउटमा ३–२ ले विजयी भयो । निर्धारित २० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय सीधै टाइब्रेकरबाट गरिएको थियो ।
प्रतियोगितामाकिङ खानका अली रजा उत्कृष्ट खेलाडी चुनिए भने रोयलका किशोरराज ओझा उत्कृष्ट गोलरक्षक घोषित भए ।
एकदिने प्रतियोगिताका विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठ, किङ खानका अध्यक्ष अली खान, राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापालगायलते एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Comment