प्रज्ज्वल र सन्जिदको जित

Manoj Shiama
31 May, 2016 10:25 am

sno mondaye
प्रज्ज्वल कार्की र सन्जिद महर्जनले दोश्रो रंगशाला राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा सोमबार जित हात पारेका छन् । प्रज्ज्वलले कृतेश ज्ञवाली तथा सन्जिदले सचिन श्रेष्ठलाई समान ३–० को नतिजामा पराजित गरे ।
अन्य खेलमा सोम बिकले मोती तामाङ, विकास श्रेष्ठले मनीष प्रधान, विरेन शाक्यले राजेश केसी, प्रकाश सावांकरले गंगाराम श्रेष्ठ, सरोज खड्गीले मिकेन महर्जन, बालकुमार सुब्बाले विजय महर्जन तथा अनिश महर्जनले क्षितिज प्रजापतिलाई समान ३–० को फ्रेममा हराए ।