रोड रेस हुने

Manoj Shiama
5 December, 2014 10:54 pm

roaf race
नेपाल एथलेटिक्स संघसंग सहकार्य गरी अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादन गर्ने संस्था एडिडासको नेपालका लागि आधिकारिक विक्रेता रुट्स फेसन प्रा.लि. ले डिसेम्बर २० तारिखएडिडास राष्ट्रिय १० किलोमिटर रोड रेस आयोजना गर्ने भएको छ ।
दरबारमार्गबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी दरबारमार्गमै आएर टुंगिने रेसको पुरुष÷महिलातर्फ विजेताले ४५ हजार, उपविजेताले २५ हजार र तेश्रो हुनेले १५ हजार नगद पुरस्कार पाउनेछन् । चौथोदेखि छैटौंमा आउनेलाई ५÷५ हजार नगद पुरस्कार दिइनेछ ।
त्यस्तै डिसेम्बर २१ तारिखमा एडिडास गोल्डेन स्प्रिन्ट प्रतियोगता समेत हुने पत्रकार सम्मेलनमा रुट्स फेसनका प्रबन्ध सञ्चालक संजिव तुलाधरले जानकारी गराए ।