बंगबन्धु गोल्डकप र साग विजेता फुटबलर सम्मानीत
सरकारले १२ औ साग र बन्धबन्धु गोल्डकपको उपाधि विजेता टोलीका सदस्यलाई ५ लाख रुपैया सहित सम्मान गरेको छ । शशस्त्र प्रहरी मुख्यालय हलचोकमा मंगलबार भएको कार्यक्रममा १२ औ सागको रजत पदक विजेता महिला फुटबल टोलीका प्रत्येक सदस्यलाई १ लाख रुपैया प्रदान गरियो । साथै राजु तामाङ्गलाई प्लेयर अफ द इयर अवार्ड सहित २५ लाख रुपैया प्रदान गरियो । प्रधानमन्त्री केपी ओलीले खेलाडी तथा प्रशिक्षकलाई सम्मान स्वरुप पुरस्कार प्रदान गरे ।
बंगबन्धु गोल्डकप विजेता टोलीका विकेस कुथु,एलन न्यौपाने,अमृत चौधरी आदीत्य चौधरी र अनन्त तामाङ्ग थिए । विराज मर्हजनको नेतृत्वमा रहेको सो टोलीमा दिनेस राजबंशी, मान बहादुर तामाङ्ग, कमल श्रेष्ठ,विक्रम लामा, विसाल राइ,हेमन गुरुङ्ग, जगजीत श्रेष्ठ, प्रकास बुढाथोकी,अन्जन विष्ट, विमल घर्ती मगर,नवयुग श्रेष्ठ, रञ्जन विष्ट,सुनिल बल,सुमन लामा, तेज तामाङ्ग,जाङ्गबु शेर्पा र रबिन श्रेष्ठ थिए ।
टोलीको प्रशिक्षकमा बालगोपाल मर्हजन र उपेन्द« मान सिंह थिए ।
१२ औ सागमा स्वर्ण जित्ने टोलीमा बंगबन्धु गोल्डकप विजेता टोलीका विकेस कुथु,एलन न्यौपाने,अमृत चौधरी आदीत्य चौधरी र अनन्त तामाङ्ग थिए । विराज मर्हजनको नेतृत्वमा रहेको सो टोलीमा दिनेस राजबंशी, मान बहादुर तामाङ्ग, कमल श्रेष्ठ,विक्रम लामा, विसाल राइ,हेमन गुरुङ्ग, जगजीत श्रेष्ठ, प्रकास बुढाथोकी,अन्जन विष्ट, विमल घर्ती मगर,नवयुग श्रेष्ठ, रञ्जन विष्ट,सुनिल बल र सुमन लामा समाबेश थिए । टोलीको प्रशिक्षकमा राजुकाजी शाक्य र मृगेन्द« मिश्र थिए ।
१२ औ सागमै रजत पदक जित्ने टोलीमा अञ्जली सुब्बा,लिला लामगादे, नमीता कुमारी दली, अनु लामा, निरु थापा, सजना राना, दिपा अधीकारी,लक्ष्मी पौडेल,कृष्णा खत्री, साबीत्रा भण्डारी, मनमाया लीम्बु,अनीता बस्नेत,खिम कुमारी गुरुङ्ग,अमृता जैसी,दिपा राइ,पुनम गर्जा मगर,अञ्जली वाइवा, भगवती थापा, हिरा कुमारी भुजेल र सपना लामा थिए । प्रशिक्षकमा ध्रुब केसी र कुमार कटुवाल थिए ।