दीपक र राजको जित

Manoj Shiama
2 June, 2016 10:12 am

दीपक मगर र राज कपालीले दोश्रो रंगशाला राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बुधबार जित हात पारेका छन् । दीपकले सरोज खड्गीलाई ३–१ फ्रेमले र राजले राजन लामालाई ३–२ फ्रेमले पराजित गर्दै अघिल्लो चरणको यात्रा गरे ।
लैनचौरस्थित टेबल टेनिस हलमा भएको प्रतियोगिताको अर्को खेलमा अनिश महर्जनले बाल सुब्बालई ३–२, प्रज्वल कार्कीले सन्जित महर्जनलाई ३–१ले, दिपजल ढुङ्गानाले सोम बिकलाई ३–१ ले, सोभित पोखरेलले प्रकाश सवाङकरलाई ३–१ले, विजय श्रेष्ठले जयराम बलामीलाई ३–१ तथा विकाश श्रेष्ठले विरेन शाक्यलाई ३–२ले पराजित गर्दै अर्को चरणमा स्थान बनाए ।