नेपाल भारतसंग चुक्यो

Manoj Shiama
2 June, 2016 8:41 pm

basketball
बंगलादेशको ढाकामा भएको फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपको अन्तिम दिन बिहीबार नेपाल पराजित भएको छ ।
लिगको अन्तिम खेलमा नेपाल भारतसंग ११७–४० अंकले पराजित भयो । नेपालका लागि आशिष बस्नेत र निश्चल महर्जनले ८–८ तथा अजय कुँवरले ६ र कुन्खेनजित थिङले ५ स्कोर गरेका थिए । भारतले चार क्वाटरमा क्रमशः २६–११, ३२–०९, ३६–८ र २३–१२ अंक जोड्यो ।
पहिलो दिन बुधबार नेपालले दोहोरो जित हात पारेको थियो । कुनैपनि स्तरको बास्केटबलमा श्रीलंका विरुद्ध पहिलो पटक जित हात पार्ने क्रममा नेपाल ६५–६४ को झीनो अन्तरले विजयी भएको थियो । त्यसै दिन नेपालले बंगलादेशलाई ५७–५४ ले हराएको थियो ।
जितसंगै भारत जुलाइ १५ देखि २४ तारिखसम्म इरानमा हुने यु–१८ पुरुष एसियाली बास्केटबल च्याम्पियनसिपका लागि छनोट भएको नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाले जनाएका छन् । चार राष्ट्र सहभागी क्वालिफाइङमा शीर्ष स्थान हात पार्ने टिम एसियाली च्याम्पियनसिपका लागि छनोट हुने प्रावधान छ । प्रतिस्पर्धा राउन्ड रोविन लिग पद्दतिमा भएको थियो ।