नेपाल इन्टरनेशनल क्योकूशिनकाई करातेको नेतृत्वमा गुरुङ

sinjinkaieनेपाल इन्टरनेशनल क्योकूशिनकाई करातेँ(आइकेकेएफ) सघंंको पहिलो साधारणसभा तथा निर्वाचनले मिलन गुरुङ अध्यक्षत सहित कुल २२ सदस्ययी कमिटीलाई निर्वीरोध चयन गरेको छ । पानिपोखरीमा भएको सभाले रामकृष्ण पहारी(आरके पहारी श्रेष्ठ)लाई वरिष्ठ उपाध्यक्ष तथा चार उपाध्यक्षमा राजिव महर्जन,राजेन्द्र प्रजापति,प्रेम बहादुर तामाङ र जिवनभक्त नकमीलाई सर्बसम्मत चयन गरेको छ । सघंको चार वर्षीय कार्यकालको लागि प्रेमनाथ महर्जन महासचिव,सचिवमा महेन्द्र महर्जन र कोषाध्यक्षमा अजय मानन्धर चयन भए । सघंको सदस्यहरु श्यामकृष्ण खड्की,सुर्य लामा,महेश खड्की,सन्तोष श्रेष्ठ,तिर्थलाल श्रेष्ठ,निर्मलराज गीरी,निमा नोर्बू शेर्पा,राजेन्द्र प्रसाद नेपाल,शम्भू श्रेष्ठ,राजेन्द्र डगोंल,राजेश कुमार क्षेष्ठ,आषीष कुमार श्रेष्ठ र गणेश प्रसाद चौधरी निर्वाचीत भए ।
निर्वाचित कमिटीलाई राष्ट्रिय खेलकुद परिषद(राखेप)का निर्वाचन कमिटीका सदस्यहरु ज्ञानेन्द्र श्रेष्ठ,ओमनाथ न्यौपाने र रिता पाण्डेले सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्रका प्रदान गरे । यसअघि साधारणसभाको एमाले नेता प्रदिप नेपालले उद्घाटन गरेका थिए । सो अवसरमा उनले नेपाली खेलकुदको अझैपनि विकास भइ नसकेकाले सबै एकजुट भएर लाग्ने आग्रह गरे । सघंका नवनिर्वाचित अध्यक्ष मिलन गुरुङले आगामी छ महिना भित्रै राष्ट्रियका साथै अन्र्तराष्टिय प्रतियोगिता गराउने बताए । साथै गुरुङले यस करातेँलाई नेपालका विभिन्न क्षेत्रहरुमा विकास तथा विस्तार गर्दै जुनियर स्तरका खेलाडी उत्पादन गर्ने प्रतिबद्धता ब्यक्त गरे । सघंको प्रथम उपाध्यक्ष रामकृष्ण पहारी(आरके पहारी श्रेष्ठ)ले आफ्नो कार्यकालभित्रै देशका लागि आवश्यक उत्कृष्ट खेलाडी उत्पादन गर्दै अन्तराष्ट्रिय पदक दिलाउन सक्दो प्रयास गर्ने जनाए ।

Comment