राज, प्रज्वल, विकास र दीपक अन्तिम आठमा
Manoj Shiama
3 June, 2016 10:48 pm
राज कपाली, प्रज्वल कार्की, विकास श्रेष्ठ र दीपक मगर दोश्रो रंगशाला राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा शुक्रबार जित हात पार्दै अन्तिम आठमा स्थान बनाउन सफल भएका छन् ।लैनचौरस्थित टेबल टेनिस हलमा भएको प्रतियोतिाको प्रिक्वाटरफाइनल खेलमा राजले विजय श्रेष्ठलाई ४–३ फ्रेमले र प्रज्वलले दीपज्वल ढुङ्गानालाई ४–२ फ्रेमले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरे ।
शुक्रबारनै भएको अर्को प्रिक्वाटरफाइनलमा विकासले सोभित पोखरेललाई र दीपकले बाल कुमार सुब्बालाई समान ४–१ले फ्रेमले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको आयोजकले जनाएका छन् ।