रग्वी प्रशिक्षक घिमिरेको स्वास्थमा सुधार
हड्डी तथा नशाको समस्याका कारण करिब एक महिना देखि अस्वस्थ रहेका रग्वीका राष्ट्रिय प्रशिक्षक गोविन्द घिमीरेको स्वास्थ्य स्थीतीमा सुधार आएको छ । गत २८ बैशाखदेखि अस्वस्थ रहेका घिमिरलाई १४ जेठमा थापाथलीको अन्नपुर्ण न्यूरो अस्पतालमा भर्ना गरीएको थियो । लामो समयदेखि अस्पताल भर्ना भएका घिमिरेलाई शनिबार नेपाल रग्वी सघंका अध्यक्ष टकं लाल घिसिङ र सघंका महासचिव चेतन राज गीरी लगायतले भेटेर सिघ्र स्वास्थ्य लाभको कामना गरे । घिमिरेको स्वास्थ्यमा सुधार आएको हड्डी विशेषज्ञ डा.प्रविन नेपाल र नशा विशेषज्ञ डा.बसन्त पन्तले जनाए । डा.द्धयले उनलाई ठिक हुन अझै केहि समय लाग्ने बताएका छन् ।