म्याग्दी सेवा समीती अष्ट्रेलियाद्धारा प्रशिक्षक घमको सम्मान तथा बिदाई
अष्ट्रेलियामा प्रशिक्षणरत नेपाली तेक्वान्दो प्रशिक्षक घम बहादुर थापामगरलाई म्याग्दी सेवा समीती अष्ट्रेलियाले सिड्नीमा आयोजीत सम्मान गरेको छ । अन्र्तराष्ट्रिय तेक्वान्दो सेमिनार तथा एडभान्स कोर्समा सहभागीता जनाउन अष्ट्रेलिया पुगेका थिए ।
सो अवसरमा उनले अष्ट्रेलियाको योयोमा रहेको अष्ट्रेलिया तेक्वान्दो एकेडेमीमा एक हप्ता विशेष प्रशिक्षण समेत लिए । मे २८ देखि ३ जुनसम्म प्रशिक्षण लिएका घम आइतबार नेपाल फर्कने कार्यक्रम रहेको छ । म्याग्दी सेवा समिती अष्ट्रेलियाका सचिव इन्द्र थापा,सल्लाहकार राधेश्याम जुकजाली, पुर्व राष्ट्रिय भलिबल खेलाडी एवम् सो समीतीका भलिबल कप्तान खेम पुर्जा र समीतीका म्यानेजर टुल बहादुर बुढाथोकीले एक कार्यक्रमका बिच सम्मान तथा बिदाई गरेको थियो । ढोरपाटन स्पोट्र्स क्लबका पुर्व उपाध्यक्ष समेत रहेका पुर्जाले तेक्वान्दो प्रशिक्षक घमलाई उपहार स्वरुप भलिबल प्रदान गरेको जानकारी दिए ।