रेगनलाई स्नुकर उपाधि

Manoj Shiama
7 June, 2016 8:01 pm

rejan shresthae
बुटवलका रेगन श्रेष्ठले दोश्रो रंगशाला राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । ‘बेस्ट अफ इलाभेन’ को फाइनलमा ६–१ ले विजयी हुँदै रेगनले उपाधिसंगै १ लाख नगद पुरस्कार हात पारे । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको उपाधि भिडन्तमा रेगनले भक्तपुरका राज कपालीलाई ७८–१३, ७५–२८, ४४–७८, ९२–३५, ८४–३४, १२५–१ र ५८–२४ ले पराजित गरे । दोश्रो भएका राजले ५० हजार नगद पुरस्कारमा चित्त बुझाए । सर्वाधिक ब्रेक गर्ने खेलाडी बन्दै रेगनले छुट्टै १० हजार नगद पुरस्कार जिते । फाइनलमै रेगनले सर्वाधिक ७६ अंकको ब्रेक गरेका थिए ।
तेश्रो भएका काठमाडौंका विकास श्रेष्ठ र विराटनगरका अमन कार्कीले समान १५–१५ हजार नगद पुरस्कार प्राप्त गरे । विराटनगरका अमन उत्कृष्ट खेलाडी तथा काभ्रेका वाङचु लामा उदीयमान खेलाडी घोषित भए ।
विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, सांसद् एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मोहनकुमार राईले पुरस्कृत गरे । जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न २२ जिल्लाका ६४ खेलाडी सहभागी थिए ।