“दोस्रो जिविस कप पुरुष भलिबल”को उपाधी आठविसकोटलाई
मनिष खड्का
रुकुममा संचालित दोस्रो जिविस कप भलिबल प्रतियोगीताको उपाधी आठविसकोट गाविसले जितेको छ । सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरा टुडिखेलमा भएको फाईनलमा आठविसकोटले मग्मालाई ३ शुन्यको सोझो सेटमा पराजित गर्दै पहिलो पटक उपाधीमाथी कब्जा जमाएको हो । अघिल्लो सिजनको च्याम्पिएन पुर्तिमकाँडा भने यस वर्ष समुह चरणबाटै बाहिरिएको थियो । आठविसकोट अघिल्लो सिजनको उपविजेता हो । विजेता आठविसकोटले ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । द्धितिय हुने मग्माले भने ३० हजार, ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । यस्तै गरायला गाविसलाई हराएर रुकुमकोट तेस्रो भयो । उसले २० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र तथा शान्त्वना भएको गरायलाले ५ हजार पाएको छ ।
प्रतियोगीताको बेष्ट प्लेयर रुकुमकोटका चन्द्र विसी, बेष्ट सेटर चौरजहारीका लक्ष्मण मल्ल, बेष्ट स्पाईकर खाराका टिकाराम खड्का, बेष्ट ब्लकर मग्माका दिपक कुशारी, बेष्ट डिभेन्डर मग्माका पृथ्वीराज केसी र बेष्ट सर्भर गरायलाका सन्तोष नकाल घोषित हुनुभयो । बेष्ट प्लेयरलाई १ हजार र अन्यलाई ५ सय सहित प्रमाणपत्रले सम्मान गरिएको छ । २३ जेठबाट सुरु भएको प्रतियोगीतामा जिल्लाका २२ ओटा समुले प्रतिप्रर्धा गरेका थिए । खेल नकआउटका आधारमा खेलाईएको थियो । जिल्लामा रहेका नयाँ खेलाडीको पहिचान तथा पुराना खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगीता महत्वपुर्ण सावित भएको आयोजक समृद्ध समाज नेपालका अध्यक्ष सुवोध शेर्पालीले बताए ।
जिल्ला विकास समितिको सहयोगमा समृद्ध समाज नेपालले अघिल्लो वर्षदेखी प्रतियोगीताको सुरुवात गरेको हो । अघिल्लो वर्ष महिला÷पुरुष भलिबल आयोजना गरिएकामा यो वर्षदेखी महिला÷पुरुष भलिबल छुट्टा छुट्टै संचालन गरिएको शेर्पालीले बताए। महिला भलिबल ६ महिना पछि जिल्लाको आठविसकोटमा संचालन हुने बताईएको छ ।