विद्यालय स्तरीय भलिबल हुने

volleyae

आरुणी सेकेन्डरी स्कुलकोे आयोजनामा श्रीराम स्मृति अन्तर विद्यालय छात्र– छात्रा भलिबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । बालाजुको माछापोखरी स्थित आयोजक आरुणी स्कुलमा मंगलवार भएको पत्रकार सम्मेलनमा प्रिन्सिपल हिक्मत दाहालले राज्यले विद्यालय खेलकुदलाई मेरुडण्ड बनाउने बताए । उनले बिद्यालय खेलकुदबाट मात्र प्रतिभावन खेलाडी उत्पादन गर्न सकिने बताए । पत्रकार सम्मेलनमा बोल्दै प्रिन्सिपल दाहालले भलिबललाई राष्ट्रिय खेल बनाउनु पर्ने धारण ब्यक्त गरे । उनले भने ‘यसअघिको दुई सस्ंकरणमा छात्रको मात्रै प्रतियोगिता गरेका थियौं । यस पटक छात्राको विधा पनि थपेकाछौं ।’ अब यो प्रतियोगिताले निरन्तर पाउने छ । प्रतियोगिता भलिबलको खेलाडी उत्पादन र राष्ट्रपति रनिङ शिल्डको तयारीको लागि पनि आयोजना गरिएको प्रिन्सिपल दाहालले जानकारी गराए ।
लिगकमनकआउटको आधारमा २७ जेठमा शुरु हुने प्रतियोगितामा छात्रातर्फ ८ र छात्रतर्फ १६ स्कुलको सहभागिता रहने छ । चार दिने प्रतियोगिताका सबै खेलहरु आरुणी सेकेन्डरी खेल मैदानमाहुनेछ ।

Comment