फुटबल तालिम सञ्चालन
चावहिल स्पोर्ट्स क्लबको सहयोगमा न्यु लाइफ क्लबले स्कुलका विद्यार्थीलाई लक्षित गरी फुटबल तालिम सञ्चालन गरेको छ । तालिममा विभिन्न १५ विद्यालयका २ सय प्रशिक्षार्थीको सहभागिता रहेको न्यु लाइफका अध्यक्ष सागर गिरीले जनाएका छन् । सहभागीहरु ११ देखि १४ वर्षसम्मका छन् । उनीहरुलाई स्विडेनका डान, सेरजी र विकास श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।
चावहिलस्थित गणेशथानमा सञ्चालित पहिलो चरणको तालिम ३ महिनासम्म चल्ने छ । सहभागी मध्येबाट उत्कृष्ट ५ को छनोट गरी स्विडेनमा तालिमका लागि पठाइने अध्यक्ष गिरीले दाबी गरेका छन् ।