नेपाली खेलकुदमा जुडोको अर्को सान मोहनलाई स्वर्ण र खेमलाई काश्य
अस्ट्रेलियाको राष्ट्रिय जुडो च्याम्पियनसीपको एकल पुरुष कातामा नेपालका मोहन बमले स्वर्ण पदक जितेका छन्। शुक्रबार कैलालीका बमले स्वर्ण जितेका हुन् । छैटौ राष्ट्रिय खेलकुदका स्वर्ण विजेता बम अस्ट्रेलियमा बसोबास गर्दै आएका छन् । उनले भिक्टोरिया राज्यको प्रतिनिधीत्व गर्दै राष्ट्रिय च्याम्पियनसीपमा एडमन युयनसंग मिलेर स्वर्ण पदक जितेका हुन् । यो जोडीले ९० प्रतिसत स्कोर गरेको थियो । उनले कातामा लगातार तेश्रो बर्ष उपाधि जितेका हुन्।
नेपालमा रहदा सन् २००४ बाट जुडो खेल्न सुरु गरेका मोहन हाल सेन्साइ जुडो एकेडेमी र अर्को प्रतिष्ठित क्लब बेन्डीगो जुडो क्लबमा आबद्ध छन् । सिहाइ ६० किलो तौल समुहमा भिक्टोरियाको तर्फबाट नेपालकै खेम बहादुर थापा काश्य पदक जित्न सफल भए । रिपाचेमा मोहन खेमसंग पराजित भएका थिए । मोहन स्पर्धामा पाचौ भए । यस अघि पहिलो खेलमा वाइ पाएका मोहन अर्को खेल जित्दै क्वार्टरफाइनल प्रबेश गरेका थिए । उनी क्वार्टरफाइनलमा पराजित भएका थिए । खेम भने दुइ वाइ पछि अर्को खेल जित्दै सेमिफाइनल प्रबेश गरेका थिए । सेमिफाइनलमा उनी स्पर्धाका स्वर्ण पदक धारी पाइपिङ्गसंग पराजित भए । नेपालमा राम्रो लयमा रहेको जुडो खेलले १२ औ साग खेलमा पनि स्वर्ण जितेको थियो ।