बेसबलमा राणाको निरन्तरता
असित शमसेर राणाको नेतृत्वलाई निरन्तरता दिदै नेपाल बेसबल तथा सफ्टबल संघको दोश्रो साधारण सभा सम्पन्न भएको छ । शनीबार सम्पन्न साधारण सभाले बिनोद कुमार भट्टराइ र प्रदिप केसीलाई उपाध्यक्षमा चयन ग¥यो । दिपक न्यौपाने महासचिव, विपिन बज्राचार्य सचिव तथा पद्मनाथ पौडेल कोशाध्यक्ष निर्वाचीत भए । सदस्यहरुमा रोहीत जङ्ग कुबँर, गीरमान गुरुङ्ग, टोपेन्द« तुफान राणा, प्रल्हाद लामीछाने, मनीष केसी, सञ्जय अर्याल, नारायण घर्ती,दामोदर फुयाँल,सृजना राना, बिरङ्गना सिंह र सबिना मल्ल निर्वाचीत भए । सबै पदमा निर्बीरोध भएको हो । निर्वाचन अधीकृत राष्ट्रिय खेलकुद परिषद्का अधीकृत चन्द« राइले पद तथा गोपनीयताको सपथग्रहण गराए । यस अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेन्द« श्रेष्ठले साधारण सभाको उद्घाटन गरेका थिए ।