रितिज र सिक्कालाई स्वर्ण
आदर्श विद्या मन्दिर (एभीएम) का रितिज जोशी र सिक्का सुवालले प्रथम उपत्यकाव्यापी खुला टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । यु–१६ सिंगल्सको ब्वाइजमा रितिज र गल्र्समा सिक्का पहिलो भएका हुन् ।
ब्वाइज फाइनलमा रितिजले शुभकामनाका निकेश महर्जनलाई ३–० ले पराजित ग¥यो । गल्र्स फाइनलमा सिक्काले एभीएमकी लश्ता महर्जनलाई ३–१ ले हराइन् ।
सिंगल्सको यु–१२ ब्वाइजमा प्रोक्सिमाका रेखन तामाङ र गल्र्समा स्वर्णिमकी आभा पन्त, यु–१४ ब्वाइजमा एभीएमका सन्योग कपाली र गल्र्समा एभीएमकै दीक्षा तामाङ तथा पुरुष खुलामा नेपाल आर्मी क्लबका कृष्ण थापा मगर र महिला खुलामा एपीएफकी सेलिशा खड्गी पहिलो भए ।