अनील र सुस्मीतालाई उपाधि

Manoj Shiama
14 June, 2016 6:46 pm

MD ADIL
१२ औ राष्ट्रब्यापी अन्नपूर्ण मैत्री खुल्ला बुद्धीचाल प्रतियोगिताको यु–१० स्पर्धामा पायनीयरका अनील लामा र भानुभक्तकी सुस्मीता राइले उपाधि जितेका छन् । छात्रा तर्फ सुस्मीताले पाच चरणको खेलमा चार अंक जोडीन् । समान अंक भएका हिमालयनका सिम्रन केसी दोश्रो, बिन्धबासीनी स्कुलकी काजल डंगोल तेश्रो र पायनीयर स्कुलकी स्नेहा बुढाथोकी चौथो भए । छात्र तर्फ अनीलले पाच चरणको खेलमा सत प्रतिसत जित हात पारे । आयोजक अन्नपूर्ण उच्च माबीकी प्रबेश लामा,हिमालयनका मनोज घिसिङ्ग,ल्याबका सलील मर्हजन,त्रीज्योतीकका सम्पूर्ण राज न्यौपाने र अन्नपूर्णका अनीस बोहरा चार अंक सहित शिर्ष ६ स्थानमा रहे ।
छात्र यु–१२ मा चार चरणको समाप्तीमा ग्रीनल्यान्डकी समृद्धी पाण्डेले सत प्रतिसत अंक सहित अग्रता कायम गरेकी छिन् । बिन्धबासीनीकी अकिन्चन लावट, हिमालयनकी सिम्रन प्रधान, अन्नपूर्णकी नेहा दास बानीया र अमृता पाण्डे तथा पायनीयरकी सुप्रीया बुढाथोकीको ३ अंक छ । यसै उमेर समुहको छात्रा स्पर्धामा शिक्षान्तरका अबिरल खरेल र अन्नपूर्णका दिपेन्द« गमाल समान चार अंक सहित शिर्ष स्थानमा छन् ।
यु–१४ छात्र स्पर्धामा ३ चरणको समाप्तीमा शिर्ष बरियताका खेलाडी आयोजक विद्यालयका मोहम्मद अदनान अदिल, विवेक रायमाझी र समिर अन्सारीको साथमा पायनीयरका सौरभ पोखरेल र त्रीयोगका रोनीक पाठक सत प्रतिसत अंक सहित शिर्ष स्थानमा रहेका छन् । छात्रा तर्फ चार चरणको समाप्तीमा पायनीयरकी अनीशा न्यौपाने र भानुभक्त उच्चमाबीकी मेनुकला बस्नेत सत प्रतिसत अंक सहित शिर्ष स्थानमा छन् ।
छात्र यु–१६ मा तीन चरणको समाप्तीमा पायनीयरका सुदिप तामाङ्गका साथै दिपज्योतका अपिल रिमाल,ग्रीनल्यान्डका युवराज पौडेल, पुष्पसदनका रोसन आचार्य र अन्नपूर्णका प्रज्वल गीरीको तीन अंक छ । छात्रा तर्फ पायनीयरकी अभा पुडासैनीले चार चरणको समाप्तीमा सत प्रतिसत जित सहित अग्रस्थानमा रहेकी छिन् ।