तालको अग्रता कायमै
म्यागदी मगर समाजका तालबहादुर गर्बुजाले चौथो परम्परागत धनुषवाण प्रतियोगिताको दोश्रो दिन बुधबार पनि एकल अग्रतालाई कायमै राखेका छन् । व्यक्तिगत स्पर्धाको पहिलो दिन ६ अंक जोडेका तालले दोश्रो दिन १ अंक थप्दै व्यक्तिगत स्कोर ७ पु¥याए ।
समान ६–६ अंकसाथ तीन खेलाडी शीर्ष दुई स्थानमा छन् । नेपाल छन्त्याल संघका प्रताप छन्त्याल, मगर समाजका झक पुर्जा तथा मार्फा थकाली सेवा सदनका चित्रलाल हिराचन समान ६–६ अंक जोड्दै संयुक्त रुपमा शीर्ष दुई स्थानमा छन् ।