नवौं विटी कप सेभेन–ए–साइड फुटबल प्रतियोगिता पुस २ देखि
Manoj Shiama
7 December, 2014 8:33 pm
पोखरा
बुद्धटोल युवा क्लब पोखरा पुरानो टुँडिखेलको आयोजनामा आगामी पुस २ गतेबाट नवौं विटी कप सेभेन–ए–साइड फुटबल प्रतियोगिता हुने भएको छ।
पुरानो टुँडिखेल मैदामा हुने प्रतियोगितामा विजेता टीमलाई नगद ७५ हजार पाँच सय ५५ तथा उपविजेता टीमलाई नगद ४५ हजार पाँच सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका सहसचिव एवं खेल संयोजक प्रदीपकुमार राई ‘दाह्रासिंह’ ले जानकारी दिए।
करिब ४० टीमको सहभागिता रहने प्रतियोगितामा चार लाख खर्च लाग्ने अनुमान गरिएको छ।