तेक्वान्दो रिफ्रेसर कोर्षमा जानेलाई विदाइ

Manoj Shiama
17 June, 2016 8:22 pm

taek teame
चीनको होहोटमा जुन २० देखि २६ तारिखसम्म सञ्चालन हुने क्योरोगी तथा पुम्सेको विभिन्न निर्णायक रिफ्रेसर कोर्षमा सहभागी हुने तेक्वान्दो टोलीलाई शुक्रबार बिदाइ गरियो । युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलको उपश्थितीमा भएको कार्यक्रममा उनीहरुलाई विदाइ गरिएको हो ।
कोर्षमा टार्जन सुब्बा, नवीनकुमार श्रेष्ठ, हीराबहादुर थापा, मीन न्यौपाने, नोर्बु लामा, बद्रीप्रसाद घिमिरे, दीपक विष्ट, दिनेश श्रेष्ठ, भीमलाल श्रेष्ठ, अर्जुनभक्त राई, अर्जुन केसी, विश्वराज राई, कविराज नेगी लामा तथा मीनु कार्की सहभागी हुने छन् ।