पोखरामा ह्याण्डबल रेफ्री प्रशिक्षण सुरु
नेपाल ह्याण्डबल संघको आयोजनामो एक हप्ते राष्ट्रिय रेफ्री ह्याण्डबल प्रशिक्षण कार्यक्रम शनिवार बाट पोखरामा सुरु भएको छ । सो अवसरमा नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले ह्याण्डबल खेललाई थप मर्यादित बनाउन प्रशिक्षणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्त बहादुर गुरुङ्गले ह्याण्डबल खेल विकासमा रेफ्री प्रशिक्षण कार्यक्रम फलदायी रहने विश्वास रहने धारणा राखे । भारत पटियालाका एनएस एनआइस प्रमुख रेफ्री प्रशिक्षक हरिन्दर पाल सिंहले खेल लाई जिवन्त बनाउन पनि रेफ्री प्रशिक्षण कार्यक्रम सहयोगी रहने वताए । कार्यक्रममा नेपाल ह्याण्डबल संघका सचिव केशव पाठक लगायतले धारणा राखेका थिए ।
उक्त प्रशिक्षणमा नेपाली सेना, शसस्त्र प्रहरी एपिएफ क्लव, सदावहार क्लव काठमाडौ, ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी र विभिन्न क्षेत्रका गरि करिव ३५ जनाको सहभागिता रहेको छ । प्रशिक्षण ९ असारसम्म सञ्चालन हुनेछ ।