किरिश र त्रिपना पहिलो

Manoj Shiama
18 June, 2016 7:27 pm

ath letics oly1
ओलम्पिक डेको अवसरमा आयोजित दौड प्रतियोगिताको ब्वाइजमा एम्सका किरिश श्रेष्ठ तथा गल्र्समा स्प्रिङ्डेलकी त्रिपना तामाङ शनिबार पहिलो भएका छन् ।स्पोर्ट्स फर अल कमिसन तथा नेपाल एथलेटिक्स संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइजमा अनमोल ज्योतिका सविन मगर दोश्रो तथा एम्सका चूडा मगर तेश्रो भए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको गल्र्समा सिङगेरीकी उपहार राई दोश्रो तथा अरुणिमाकी समिका रन्जितकार तेश्रो भए ।विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा १ सय २ ब्वाइजले १ हजार ६ सय मिटर दूरीमा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै ७२ गल्र्सले ८ सय मिटर दूरीमा भाग लिएका थिए ।