साम्बो मंगलबार हुने
Manoj Shiama
18 June, 2016 7:37 pm
नेपाल साम्बो महासंघको आयोजनामा मंगलबार साम्बो प्रतियोगिता हुने भएको छ । ओलम्पिक डे २०१६ को अवसरमा आयोजना गर्न लागिएको प्रतियोगितामा स्पोर्टस् साम्बो तर्फ तीन पुरुष र दुई महिला गरि ५ तौल समूहमा प्रतिस्पर्धा गराईने नेपाल साम्बो महासंघका महासचिव उत्तम श्रेष्ठले जानकारी गराए ।प्रत्येक बर्ष ओलम्पिक डेका अबसरमा प्रतियोगिता आयोजना गर्दै आई रहेको साम्बो महासंघले यस बर्ष आयोजना गर्न लागेको प्रतियोगितामा करिव ५० खेलाडीको सहभागिता रहने बिज्ञप्तीमा जनाईएको छ ।
गोगंबु साम्बो क्लबमा आयोजना हुने प्रतयिोगिताका विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिने महासचिव श्रेष्ठले जानकारी गराए ।