सक्षमलाई घरेलु डोजाङ्गमा सम्मान
Manoj Shiama
18 June, 2016 9:29 pm
कोटेश्वर तेक्वान्दो डोजाङ्गले १२ औ दक्षिण एसियाली खेलकुदका रजत पदक विजेता सक्षम कार्कीलाई सम्मान गरेको छ । सम्मान स्वरुप कार्कीले एक लाख एक हजार एक सय रुपैया पाए । कोटेश्वरका उत्पादन सक्षम हाल नेपाल आर्मी क्लबमा आबद्ध छन् । डोजाङ्गमा ओलम्पिक डेका अबसरमा आयोजीत पहिलो किड्स तेक्वान्दो च्याम्पियनसीपको समापनको अबसरमा उनलाई नेपाल ओलम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा तथा डोजाङ्ग प्रमुख नबीन श्रेष्ठले सम्मान गरे ।