रत्नजित र नङशल च्याम्पियन

Manoj Shiama
22 June, 2016 9:26 am

nangsala5नेपाल आर्मी क्लबका रत्नजित तामाङले पाँचौं पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष सिंगल्सको उापधि मंगलबार जितेका छन् । नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रत्नजितले भोजपुरका विकास श्रेष्ठलाई २१–१७ र २१–१८ को सोझो सेटमा पराजित गर्दै लगातार चौथो पटक उपाधि जित्न सफल भए । पहिलो संस्करणको उपाधि भने विकासले जितेका थिए । रत्नजितले उपाधि जितेवापत छुट्टै ४४ हजार ५ सय रुपैया पुरस्कार पनि पाए । विकासले ३४ हजार रुपैया पाए ।
महिला सिंगल्सको उपाधि नङ्शल तामाङले जितिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा आर्मीकी नङशलले आफ्नै क्लबकी अनुमाया राईलाई २१–१० र २१–९ को सीधा सेटमा हराउदै पुष्पलाल स्मृति ¥याङकिङ ब्याडमिन्टनमा पहिलो पटक च्याम्पियन बनिन् । नङशलले ४१ हजार र अनुले ३१ हजाररुपैया पुरस्कार हात पारे ।
पुरुष डबल्समा पनि रत्नजितले नविन श्रेष्ठसँग जोडि बनाएर फाइनलमा आर्मीका दिपेश धामी र सुरोज महर्जनको जोडीलाई २१–१५ र २१–१५ ले पाखा लगाए ।nangsala4
महिला डबल्समा एपीएफका पूजा श्रेष्ठ र विना तुलाचनको जोडीले आर्मीका नङ्सलदेवी र अमिता गिरीको जोडीलाई २१–१२ र २१–१८ ले पन्छ्याउदै उपाधि जिते ।
अन्तिम दिन यु–१७ सिंगल्सको ब्वाइजमा कञ्चनपुरका चिरन विष्ट र गल्र्समा आर्मीकी मेघा चन्द प्रथम भए । फाइनलमा चिरनले आफ्नै जिल्लाका सुनील जोशीलाई १९–२१, २१–७ र २१–१७ तथा मेघाले आर्मीकै जेसिका गुरुङलाई २१–१७, ११–२१ र २१–१२ को सेटमा निराश पारे ।
पुरुष भेट्रान्स डबल्सको उपाधि आर्मीका सुवास श्रेष्ठ र भूमि गुरुङको जोडीले हात पारे । उक्त जोडीले फाइनलमा एबीएका नवीनबाबु श्रेष्ठ र श्याम पराजुलीको जोडीलाई २४–२२ र २१–१९ को सोझो सेटमा हराए । प्रतियोगितामा समावेश सबै ७ स्पर्धामा नगद पुरस्कार राखिएको थियो ।
कूल नगद पुरस्कार राशी ३ लाख २६ हजार रहेको प्रतियोगिताका विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।