सिवेश र देबलाई स्वर्ण

Manoj Shiama
22 June, 2016 9:41 am

samboe
ओलम्पिक डेका अवसरमा आयोजित साम्बो च्याम्पियनसिपमब्याडमिन्टना सिवेश श्रेष्ठ र देब लोहारले मंगलबार स्वर्ण जितेका छन् । स्पोर्ट्स फर अल कमिसन र नेपाल साम्बो फेडेरेसनद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५२ केजीमाथि सिवेश र ५२ केजीमुनि देब पहिलो भएका हुन् । फाइनलमा सिवेशले गोविन्द विष्ट तथा देबले सन्देश छन्त्याललाई पराजित गरे ।पुरुष ४२ केजीमुनि फाइनलमा पदम दमाईले शिशिर विकेलाई हराउदै पहिलो भए ।
महिलाको ५२ केजीमाथि धनदेवी रोकायाले अस्मिला छन्त्याल तथा ४२ केजीमुनि आशा श्रेष्ठले रोजिना श्रेष्ठलाई पाखा लगाउदै शीर्ष स्थान हात पारे ।विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । यसअघि एकदिने प्रतियोगिताको आयोजक फेडेरेसनका कार्यवाहक अध्यक्ष अमिर श्रेष्ठले उद्घाटन गरेका थिए ।