जितको ओलम्पिक सहभागिता आर्चरीको कोशुढुंगा
Manoj Shiama
23 June, 2016 8:08 pm
नेपालका आर्चरी खेलाडी जित बहादुर मोक्तानले आसन्न रियो ओलम्पिकका लागि वाइल्डकार्ड पाएका छन्। नेपाल ओलम्पिक कमिटीको पहलमा विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका मोक्तानलाई वाइल्ड कार्ड प्रदान भएको हो । नेपाल आर्चरी संघका अध्यक्ष दिपक गुरुङ्गले यसलाई महत्वपूर्ण कोशेढुंगाको रुपमा ब्याख्या गरेका छन् ।
नेपाल आर्चरी संघका अध्यक्ष दिपक गुरुङ्ग ओलम्पिक कमिटी धन्यबादको पात्र भएको बताउदै बर्तमान कमिटीले आर्चरीलाई सकरात्मक दृष्टिले हेरेको कारण संघले सफलता पाउदै आएको प्रतिक्रिया दिएका छन्। आर्चरी संघले वाइल्ड कार्डको प्रयास रहे पनि यो निर्णय अगावै नियमित प्रशिक्षणको प्रयास गरेको थियो ।