शेर बहादुर खड्का स्मृती भलिबल आइतबार देखी

dd volleyy
यति फलोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिता आइतबार देखी सुरु हुदैछ । शनिबार प्रतियोगिताको मुख्य प्रायोजक केडिया अर्गनाजेशनले आयोजकलाई ५ लाखको मुख्य प्रायोजन गरेको छ । आयोजकका अध्यक्ष रन्जन खड्कालाई केडिया ग्रुपका प्रबन्ध निर्देशक अनिल केडियाले शनिवार चेक हस्तान्तर गरे ।
केडिया ग्रुपका प्रबन्ध निर्देशक केडियाले प्रतियोगितालाई प्रायोजन गर्न पाउँदा खुसी लागेको बताए । उनले भलिबलको विकासका लागि ग्रुपले आगामी दिनमा पनि सहयोग गर्ने बताए । पहिलो सस्करणमा शेरबहादुर खड्का स्मृती प्रतिष्ठानको नामबाट सञ्चालन भएको प्रतियोगिताले दोस्रो सस्करणमा भने मुख्य प्रायोजकको रुपमा यति फलोरिङको साथ पाएको छ । लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको समूह क मा एपीएफ,पश्चिमाञ्चल र जाउलाखेल तथा समूह ख मा न्यडायमण्ड,नेपाल पुलिस र नेपाल आर्मी रहेका छन् । राष्ट्रिय खेलकुद परिषद्को बिशेष सहयोग तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा संचालन हुने प्रतियोगिताको बिजेता टिमले १ लाख,उपबिजेताले ६० हजार र तेश्रोले ४० हजार रुपैया प्राप्त गर्ने छन् । राखेप कभर्डहलमा संचालन हुने प्रतियोगिताको उत्कृष्ट खेलाडिले १५ हजार,आर्कषक ट्रफि साथै बुद्ध एयरको माउन्टेन फ्लाइट प्राप्त गर्ने छन् ।
त्यस्तै बिधागत उत्कृष्ट, बिष्ट स्पाईकर,बेष्ट क्विकर,बेष्ट ब्लकर,बेष्ट सेटर,बेष्ट डिफेन्स र बेष्ट सर्भरले जनहि ३ हजार रुपैया र ट्रफि प्राप्त गर्ने छन् । प्रतियोगिताको अनुमानित बजेट १२ लाख रहेको छ । चेक हस्तान्तरण तथा प्राबीधिक मिटिङमा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा,महासचिव जितेन्द्रवहादुर चन्द,आइ एम इ प्रमुख सुमन पोखरेललगायतको उपस्थिति रहेको थियो ।

Comment