पुलिससंग न्युडाइमन्डको हार
यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्युडायमण्ड एकेडेमीले मिश्रित सफलता निकालेको छ । आइतबार भएको समूह “ख” को लिग चरणको खेलमा नैकापको न्युडायमण्ड नेपाल पुलिससग ३–२ ले पराजित हुदा नेपाल आर्मीलाई ३–० को सोझो सेटमा हरायो । पुलिस र न्युडायमण्ड बीचको उद्घाटन खेलमा पुलिसले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । त्यस पछिका दुई सेट न्युडायमण्डले २५–१६ र २५–१८ ले आफ्नो पक्षमा पार्न सफल भयोे । चौथो सेटमा पुलिसले शुरुवाती अग्रता लिदै २५–१३ ले जिते पछि खेल रोमाञ्चक बन्यो । निर्णयक सेटमा १२–१२ को स्थितिमा न्युडायमण्डलाई रोक्दै पुलिसले १५–१२ ले नतिजा आफ्नो पक्षमा पा¥यो । दोश्रो खेलमा भने न्युडायमण्डले नेपाल आर्मीमाथी २५–१३,२५–१५ र २५–११ को जित निकाल्यो । त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा भएको समूह “क” को लिग चरणको खेलमा पश्चिमाञ्चलले जाउलाखेललाई २५–१३,२५–९ र २५–१५ को सोझो सेटमा हरायो । शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालित प्रतियोगिताको तेश्रो पुरस्कार ३० हजार नगदको सौजन्य रामेछाप प्रिति गाबिसका समाज सेवी सम्बरवहादुर तामाङ्गले गरेका छन् । त्यस्तै उत्कृष्ट खेलाडिको १५ हजार रुपैयाको सौजन्य भने आषा इन्टरनेश्नल मेनपावरकी प्रवन्ध निर्देशक अम्बिका शर्माले गरेकी छन् । प्रतियोगितामा महाराजगंज स्थित मेरिडियन हेल्थ केयर पोलिक्लिनिक डाइगोनोसिक सेन्टरले स्वस्थ्य सेवा उपलब्ध गराएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को बिशेष सहयोग तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा संचालन भएको प्रतियोगिताको उद्घाटन सभामुख ओनसरी घर्तिमगरले गरेकी थिईन् । सो अवसरमा मुख्य प्रायोजक केडिया ग्रुपका प्रबन्ध निर्देषक अनिल केडिया,नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा,महासचिव जितेन्द्रवहादुर चन्द,एयर एशियाका संचालक किरण खड्का,त्रिकोर्ण एडभरटाइजका प्रबन्ध निर्देशक राजेन्द्र अर्याल,सांग्रिला पस्मिनाका प्रबन्ध निर्देशक नबिन कडेललगायतको उपस्थिति रहेको थियो ।
१५ अषारसम्म संचालन हुने प्रतियोगिताका बिजेता टिमले १ लाख,उपबिजेताले ६० हजार र तेश्रोले ४० हजार नगद सहित शिल्ड,मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । राखेप कभर्डहलमा संचालन हुने प्रतियोगिताको उत्कृष्ट खेलाडिले १५ हजार,आर्कषक ट्रफि साथै बुद्ध एयरको माउन्टेन फ्लाइट प्राप्त गर्ने छन् ।
त्यस्तै बिधागत उत्कृष्ट, बिष्ट स्पाईकर,बेष्ट क्विकर,बेष्ट ब्लकर,बेष्ट सेटर,बेष्ट डिफेन्स र बेष्ट सर्भरले जनहि ३ हजार नगद र ट्रफि प्राप्त गर्ने छन् ।