पहिलो लगोरी विश्वकपको तयारी गर्दै नेपाल
१५सय वर्ष पुरानो धार्मिक एवम् प्राचिन खेल लगोरीको प्रशिक्षण नेपालमा बिहीबारदेखि शुरु गरीएको छ । नेपालको विश्वकप तयारीका लागि लगोरी खेलका सस्थापक भारतीय सन्तोष गुरवले प्रशिक्षण गरे ।अन्र्तराष्ट्रिय लगोरी फेडेरेशनका सचिव समेत रहेका गुरुवलाई काभ्य स्कुलका प्रीन्सिपल नवराज बास्कोटा तथा निर्देशक रिजन खड्काले स्वागत गरे । काभ्य स्कुलको खेल मैदान पचाँस खेलाडीले लगोरीको पहिलो पटक प्रशिक्षण लिएका छन् । भगवान श्रीकृष्णको श्रीकृष्ण महात्माको कथामा समेत यस खेलका बारे उल्लेख भएको धार्मिक आस्था रहेको बुझीएको छ ।
लगोरी खेललाई नेपालमा प्रज्वल प्रताप क्षेत्रीले शुरु गरेका थिए । हिन्दु धर्ममा पनि भगवान श्री कृष्णले खेल्ने गरेको धार्मीक आस्था रहेको छ । यस खेल नेपालमा सात तिलो,पिकु र गेम बल लगायत नामले खेलीदै आएको छ । विश्वका विभिन्न ११ राष्ट्रमा आफ्नै देशका धार्मीक सस्कारका अनुरुप विभिन्न नामले खेलिदै आएको छ । लगोरी खेललाई क्यानाडामा तिलो,बगंलादेशमा सात चरा,साउदी अरब र इरानमा हाफ्ट साङ तथा अफगानिस्तानमा सान्त्राकन नामले पराम्परागत रुपले खेलीदै आएको सस्थापक सन्तोष गुरवले बताए ।
हाल नेपालमा यस खेल विभिन्न जिल्ला,क्लब र विद्यालय गरी एक सय स्थानबाट खेल्न शुरु गरीएको नेपालका सस्थापक क्षेत्रीले बताए । हाल ५० राष्ट्र अन्र्तराष्ट्रिय लगोरी फेडेरेशनमा आवद्ध छन् । आगामी २०१६को डिसेम्बर २५ देखि ३० सम्म भारतको मुम्बई पहिलो लगोरी विश्वकप हुदैछ । नेपाल पनि पहिलो पटक अन्र्तराष्ट्रिय डेब्यू गर्दै विश्वकपमा सहभागी हुदैछ । विश्वकप सहभागीताका लागि एक महिना क्याम्प राखिने प्रशिक्षक क्षेत्रीले बताए । एक सय खेलाडीबाट नेपाली राष्ट्रिय टोलीका लागि कुल १२ खेलाडी छनोट गरीने प्रशिक्षक क्षेत्रीले बताएका छन् ।